रशिद खान सहित नेपाली क्रिकेटर सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा परे

Posted on: 16 May, 2018

जेठ २, काठमाडौं । नेपाली युवा क्रिकेटरका रुपमा ख्याती कमाएका र हाल भारतमा आइपिएल खेल्दै गरेका सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् ।

यो खेल ३१ मेमा लड्र्समा हुनेछ । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुने बताइएको छ ।

खेलमा उनको टोलीको कप्तान इयान मोर्गान हुनेछन् । उनीसंगै अन्य ख्यातिप्राप्त खेलाडीले उक्त खेलमा पर्दर्शन गर्दैछन् जसमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!