आइपिएल जारी: दिल्ली र चेन्नई भिड्दै, २ ओभर खेलेका सन्दिपले कस्तो खेल्दैछन् ?

Posted on: 18 May, 2018

जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भईरहेको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति दिएको छ ।

अहिले ११.४ ओभरको खेल सकिंदासम्म चेन्नईले २ विकेटको क्षेतीमा ८५ रन जोडेको छ | खेलमा सन्दिपले २ ओभरको खेल खेल्दै ८ रन मात्र जोड्न दिएका छन् | सन्दिपले ५ डट बल खेलेका छन् भने एक पटक पनि बाउन्ड्री कट्न दिएका छैनन् | यस बाहेक आजको खेल मा दिल्लीका बलरहरुको निकै राम्रो पर्दर्शन भईरहेको छ |  

दिल्लीको घरेलु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो ।

दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाएर आउट हुँदा बिजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए ।  खेलको अन्तिम ओभरमा दिल्लीले २६ रन जोडेर १६२ रन जोडेको थियो | खेलमा दिल्लीको विकेट लिने क्रममा लुँगी निग्दिले २ विकेट, दिपक चाहर, रविन्द्र जाडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!