तेश्रो ओभरको पहिलो बलमै सन्दिपले चेन्नईका रैनालाई आउट गरे

Posted on: 18 May, 2018

जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भईरहेको खेलमानेपाली खेलाडी सन्दिप लामिछानेले आफ्नो तेश्रो ओभरको पहिलो बलमा चेन्नईका होनाहार ब्याट्सम्यान सुरेश रैनालाई आउट गरिदिएका छन् | 

यस अघि दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति दिएको थियो । खेल जारी छ | 

खेलमा सन्दिपले ३ ओभरको खेल खेल्दै १० रन मात्र जोडेका सन्दिपले १ विकेट सहित एक पटक पनि बाउन्ड्री कट्न दिएका छैनन् | यस बाहेक आजको खेल मा दिल्लीका बलरहरुको निकै राम्रो पर्दर्शन भईरहेको छ |  

दिल्लीको घरेलु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो ।

दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाएर आउट हुँदा बिजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए ।  खेलको अन्तिम ओभरमा दिल्लीले २६ रन जोडेर १६२ रन जोडेको थियो | खेलमा दिल्लीको विकेट लिने क्रममा लुँगी निग्दिले २ विकेट, दिपक चाहर, रविन्द्र जाडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!