दिल्लीले लिईछाड्यो बदला, स्टाइलिस् अवार्ड पाएका सन्दिपको बलिङ स्टाइल मिश्रले सिक्दै

Posted on: 19 May, 2018

जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले घरेलु मैदान फिरोजशाह कोटलामा भएको आईपीएल सिजन ११ अन्तर्गत ५२ औं खेलमा चेन्नईलाई २० ओभरको पुरा खेलमा १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर चेन्नईले उक्त लक्ष्य पुरा गर्न सकेन । चेन्नईले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ६ विकेट गुमाई १२८ रन मात्र बनाएर पराजित भएको हो ।


खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टी-२० अन्तर्गत आफ्नो ६ हजार रन पुरा गरेका छन् । त्यस्तै चेन्नईका लागि अम्बाती रायुडूले ५० रन को पारि पारी खेले । यो उनको आईपीएलमा १७ औं र यस सीजनको तेश्रो अर्धसतक हो । त्यस्तै खेलमा सुरुदेखिनै दवाबमा परेको चेन्नईका लागि सेन वाट्सनले १४ रन मात्र जोड्न सके भने त्यसपछि सुरेश रैनालाई नेपालका सन्दिप लामिछानेले १५ रनमै आउट गरिदिए |  त्यस्तै कप्तान महेन्द्र सिंह धोनी १७ रन बनाएर आउट भए भने त्यसपछि साम बिलिंस र द्वाने ब्राभोले १/१ रन मात्र जोड्न सके  | खेलमा नट आउट रहेका रविन्द्र जाडेजाले २७ रन र दिपक चाहरले १ रन बनाएका थिए | 

चेन्नईलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका लागि ट्रेन्ट बोल्ट र अमित मिश्राले २/२ विकेट लिए भने सन्दिप लामिछाने र हर्षल पटेलले १/१ विकेट लिए | आजको खेलमा हर्षल पटेल म्यान अफ द म्याच घोषित भए भने सन्दिप लामिछानेलाई स्टाइलिस प्लेयर अवार्ड प्रदान गरिएको छ | 

तश्विरमा: सुरेश रैनाको महत्वपूर्ण विकेट लिएपछी सन्दिप लामिछाने सहित खुसियाली मनाउँदै । 

यस अघि टस हारेर ब्याटिङ गरेको दिल्लीले चेन्नइसामु १६३ रनको चुनौति दिएको थियो । दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाएर आउट हुँदा बिजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाएका थिए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए ।  खेलको अन्तिम ओभरमा हर्षलले दिल्लीको लागि २६ रन जोडेर १६२ रन बनाउन सहयोग गरेका थिए |

खेलमा दिल्लीको विकेट लिने क्रममा लुँगी निग्दिले २ विकेट, दिपक चाहर, रविन्द्र जाडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए |

आजको खेल जितेसँगै आइपिएलमा अन्तिम ४ मा पर्न नसके पनि दिल्लीले सम्मानजनक जित हाँसिल गर्दै आफ्नो बलियो स्थितिलाई उजागर गरेको छ | 

खेलमा सबैभन्दा तल्लो स्थानमा रहेको दिल्लीले अहिलेसम्म १३ खेलमा ४ खेल जित्दै ८ अंक जोडेको छ | 

यसै बीच खेललगत्तै बोल्दै दिल्लीका होनाहार बलर अमित मिश्राले सन्दिप लामिछाने बारे बोल्दै सन्दिप लामिछानेले निकै राम्रो खेलेको बताए | सन्दिपलाई आइपिएलमा धेरै कुरा सिकाईरहेका अमितले सन्दिपलाई कोसँग खेल्दैछु भन्ने भुलेर यस अघि जसरी खेल्छौं त्यसैगरि खेल्न भनेको र त्यसै अनुसार खेल्दा सन्दिपले निकै राम्रो खेलेको बताए | उनले भने मैले पनि सन्दिपबाट सिधा बल कसरी हान्छन् भन्ने कुरा सिकीरहेको बताए | उनले भने - 'खेलमा मैले सन्दिपले सिधा बलिङ कसरी गर्छन भन्ने कुरा सिकिरहेको र आइपिएल नसकिएसम्ममा सन्दिपबाट उक्त कला सिकीसक्छु |'  


यस बिषयमा तपाइको प्रतिक्रिया...!