आइपीएल: राजस्थानद्वारा बेंग्लोर १९ ओभरमै अल आउट, राजस्थान चौथो स्थानमा

Posted on: 19 May, 2018

जेठ ५, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत ५३ औं खेलमा आज राजस्थान रोयल्सले घरेलु मैदानमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ३० रनले पराजित गरेको छ । राजस्थानले प्रस्तुत गरेको १६५ रनको लक्ष्य ब्यांग्लोरले पुरा गर्न नसक्दै १९ ओभरमै अल आउट भई पराजित भएको हो ।

सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर व्याटिङ्ग गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।  राजस्थानका लागि राहुल त्रिपाठीले नटआउट ८० रन बनाए। ५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । 


कप्तान अजिक्य रहाणेले ३ चौकासहित ३३ र हेनरिच क्लासेनले ३ चौका र १ छक्कासहित ३२ रन जोडे। बलिङतर्फ उमेश यादवले ३ विकेट लिएका थिए ।

१६५ रनको बिजयी लक्ष्य पछ्याउँदै खेलमा उत्रिएको ब्यांग्लोरका लागि सर्वाधिक ५३ रन बनाए भने पार्थिव पटेलले ३३ रन जोडेका थिए । कप्तान बिराट कोहली आज जम्मा ४ रन मात्र बनाएर आउट भएका थिए । बाँकी खेलाडीले राम्रो रन जोड्न सकेनन् । 

ब्यांग्लोरको विकेट लिने क्रममा राजस्थानका श्रेयस गोपालले ४ विकेट लिए भने जय देव उनदकट र बेन लहुलिनले २२/ विकेट र क्रिश्नप्पा गौतम र इश सोधीले १/१ विकेट लिएका थिए । 


आजको खेलमा जित दर्ता गर्दै राजस्थान रोयल्स १४ प्वाइन्ट सहित चौथो स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्जर्स ब्यांग्लोर छैटौं स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!