IPL: प्लेअफमा पुग्यो कोलकाता, हैदरावाद ५ विकेटले पराजित (अंक तालिका हेर्नुहोस्)

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौँ | आइपिएल सिजन ११ को खेलमा कोलकाता नाइट राइडर्स पनि प्ले अफ्मा प्रवेश गरेको छ | सनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै १६ प्वाइन्ट जोड्दै अन्तिम चारमा आफ्नो नाम पक्का गरेको हो | 

आइपिएलको ५४ औं खेलमा हैदराबादको राजीव गांधी इंटरनेशनल स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाई १७२ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सलाई जीतको लागि १७३ रनको लक्ष्य दिएको थियो | जवाफमा कोलकाता नाइट राइडर्सले २ बल बाँकी छँदा १७३ रन बनाउँदै हैदराबादलाई पराजित गर्यो र अन्तिम ४ मा आफुलाई सुरक्षित गर्यो |


टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाई १७२ बनाएको थियो | उसका लागि शिखर धवनले अर्धशतक दिए भने श्रीवत्स गोस्वामी र केन विलियमसनले ३६-३६ रन बनाएका थिए | कोलकाताको लागि प्रसिद्ध कृष्णले सबैभन्दा धेरै चार विकेट लिएका थिए | त्यस्तै मनीष पांडेले २५ रनको योगदान दिए | केकेआरको लागि अन्तिम ओभरहरु निकै राम्रो रह्यो | खेलमा हैदराबादले अन्तिम ७ ओभरमा ४४ रन मात्र जोड्न सकेको थियो | कोलकाताको लागि सुनील नारायणले निकै राम्रो खेल खेल्दै चार ओभरमा २३ रन मात्र दिएर एक विकेट हासिल गरेका थिए | 

खेलमा हैदरावादले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताको लागि सर्वाधिक रन क्रिस लिनले जोडे | उनले ४३ बलमा ५५ रन जोडेका थिए | त्यस्तै उनीपछि सर्वाधिक रन बनाउनेमा रोबिन उथप्पाले ३४ बलमा ४५ रन जोडे भने सुनिल नारिनेले १० बलमै २९ रन, दिनेश कार्तिकले नट आउट २६ रन जोडेका थए | 

कोलकाताको ५ विकेट गिराउने क्रममा हैदरावादका लागि सिद्धार्थ कौल र कार्लोस बर्थबाइतेले २/२ विकेट लिए भने शकिव अल हसनले १ विकेट लिएका थिए |

आजको खेलमा जित हाँशिल गर्दै कोलकाता नाइटराइडर्स अन्तिम ४ मा पुगेको छ | कोलकाताले १४ खेलमा ८ खेल जित्दै १६ प्वाइन्ट जोडेको छ | खेलमा अब अन्तिम चारको लागि मुम्बई इन्डीएन्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पंजाव मध्ये १ टिमको लागि प्रतिष्पर्धा बाँकी छ | आज मुम्बईले अन्तिम ४ मा पुग्ने सम्भावना गुमाई सकेको दिल्लीसँग अन्तिम ४ को लागि भिड्दैछ | 

हालसम्मको अंक तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!