दिल्लीको बुझाई: आजको खेल जित्नुमा पहिलो, दोश्रो र तेश्रो हिरो को-को ?

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौँ | भिभो आईपीएल २०१८ अन्तर्गत दिल्ली डेयरडेविल्सले आज आफ्नो यात्रा जीतसँगै अन्त्य गरेको छ, आज दिल्लीको फिरोज शाह कोटलामा बह्येको खेलमा दिल्लीले मुंबई इंडियंसलाई ११ रनले पराजित गरेको हो । दिल्लीले मुंबईलाई पराजित गरेसंगै आउट गरिदिएको छ । 

दिल्लीले आफ्नो वेबसाइटमा आजको खेल जित्नुमा पहिलो हीरो ऋषभ पन्त (४४ बलमा ६४ रन), दोश्रो हीरो अमित मिश्रा (३/१९) र तेश्रो हिरो संदीप लामिछाने (३/३६) भनेको छ । दिल्लीले आजको खेलमा पहिले ब्याटिङ गर्दै १७४/४ रन बनाएको थियो । जवाफमा मुंबईले १९.३ ओभरमा १६३ रन बनाई अल आउट हुन पुग्यो । १७५ रनको लक्ष्य पछ्याएको मुंबईको शुरूवाती खेल सन्दिप लामिछानेले खराव बनाइदिए ।


दमदार फर्ममा रहेका सूर्यकुमार यादव र इवेन लुईसले पारीको शुरुवात गरेका थिए । दिल्लीले पहिलो ओभरमै मुम्बईको विकेट गिराउने उद्दश्यले सन्दिपलाई सुरुमै पठाएको थियो नभन्दै दिल्लीको सोचलाई सन्दिपले वास्तविकतामै परिणत गराईदिएका थिए । त्यसपछि सन्दिपले महत्वपूर्ण थप २ विकेट लिए । अघिल्ला २ खेलमा क्रमश २ विकेट लिएका सन्दिपले आजको खेलमा बढी रन दिए तर त्यसको बदलामा महत्वपूर्ण विकेटहरु गिराए । खेलमा अमित मिश्राले पनि ३ विकेट लिए । मिश्राले तीन विकेट मात्र लिएनन् उनले ४ ओभरको खेलमा १९ रन मात्र दिएर इकोनोमी पनि आफ्नो पक्षमा निकै राम्रो बनाए । सन्दीपले आज ४ ओभरमा ३५ रन दिएका थिए । 

आजको खेलमा बिस्तारै खतरा बन्दै गएका लुईसलाई मिश्राले आफ्नो जालमा पारे भने अन्तिममा मुम्बईको जितको लागि महत्वपूर्ण बेन कटिङ सहित अर्को विकेट लिएर अमित मिश्रा खेलमा महत्वपूर्ण बने । आजको जितमा निकै राम्रो खेलेर अमित मिश्राले म्यान अफ द म्याच घोषित भए | यस जित सँगै दिल्लीले १० अंक पाएर टूर्नामेन्टबाट बिदाई लिएको छ । आखिरी दुई म्याचमा चेन्नई र मुम्बईलाई पराजित गर्दै दिल्ली सबैभन्दा अन्तिममा रहेर पनि हामी पनि कोहि भन्दा कम छैनौं भन्ने संदेश दिएको छ | 

दिल्लीले आफ्नो वेबसाइटमा लेखेको छ, आशा छ आउने बर्ष दिल्ली थप राम्रो खलाडीको साथमा मैदानमा उत्रिनेछ र यिनै युवा खेलाडीलाई साथ लिएर च्याम्पियन बन्नेछ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!