IPL-11 बाट राजस्थान बाहिरियो, कोलकाताद्वारा २५ रनले पराजित

Posted on: 23 May, 2018

जेठ ९, काठमाडौँ | आईपीएल सीजन ११ को एलिमिनेटर खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई २५ रनले पराजित गरेको छ | आजको खेल जितेसँगै राजस्थान आइपिएलबाट चौथो स्थानमै सिमित हुँदै आईपिएल सिजन ११ बाट बाहिरिएको छ | अब कोलकाता नाइट राइडर्सले फाइनल खेलको लागि क्वालिफायर-२ मा सनराइजर्स हैदराबादसँग २५ मेमा खेल्नेछ | यस अघि सनराइजर्स हैदराबादलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएलको फाइनलमा पुगिसकेको छ | 

कोलकाताको ईडन गार्डन्स स्टेडियममा भएको आजको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै कोलकाता नाइट राइडर्सको टीमले २० ओभरमा ७ विकेट गुमाई १६९ रन बनाएर राजस्थान रोयल्सलाई १७० रनको लक्ष्य दिएको थियो | जवाफमा राजस्थानले २० ओभरमा १४४ रन मात्र बनाउँदा हार्न पुग्यो |


राजस्थानको लागि सन्जू स्यामसनले सबैभन्दा धेरै ५० रन बनाए जसको लागि उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे | कप्तान अजिन्क्य रहाणेले ४६ रन बनाएका थिए | तर उक्त स्कोर लक्ष्यमा पुग्नको लागि प्रयाप्त हुन सकेन | राजस्थानको ४ विकेट लिने क्रममा कोलकाताका पियुस चावलाले २ विकेट लिए भने कुलदिप यादव र प्रसिद् कृष्णले १ विकेट लिए | 

यस अघि कोलकाताले राजस्थानलाई १७० रनको लक्ष्य दिएको थियो | जुन स्कोर जोड्ने क्रममा २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो | राजस्थानको लागि आन्द्रे रसेलले महत्वपूर्ण पारी खेले | उनले खेलको अन्त्यतिर २५ बलमा नटआउट रही ४९ को पारी खेलेका थिए | कोलकाताको लागि सर्वाधिक रन कप्तान दिनेश कार्तिकले बनाए | उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै 52 रनको पारी खेलेका थिए | त्यस्तै शुभमन गिलले २८ रन बनाएका थिए भने क्रिस लिनले १८ रन जोडे | कोलकाताले अन्तिम छ ओभरमा मात्र ८५ रन जोडेको थियो | खेलमा सुनील नरेनले ४ रन, रोबिन उथप्पाले ३ रन  र नीतीश राणाले ३ रन मात्र बनाउन सके | खेलमा राजस्थानका लागि ७ विकेट लिने क्रममा कृष्णप्पा गौतम, जोफ्रा आर्चार र बेन लाफ्लिनले २/२ विकेट लिए भने श्रेयस गोपालले १ विकेट लिएका थिए | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!