आइपीएल-११ को उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजयी लक्ष्य

Posted on: 27 May, 2018

जेठ १३, मुम्बई | आईपीएल सिजन ११ क्रिकेटको फाइनल खेलमा अहिले सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले फाइनल खेल्दैछन् । खेलमा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले १७८ रन बनाएर १७९ रनको लक्ष्य दिएको छ । 

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको हो । हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। ३६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । 

खेलमा युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । 


शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लोस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए ।

बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!