आईपीएल २०१८ को उपाधि चेन्नई सुपर किंग्सलाई, ८ विकेटले हैदरावाद पराजित

Posted on: 27 May, 2018

जेठ १३, मुम्बई | आईपीएल सिजन ११ क्रिकेटको उपाधी चेन्नई सुपर किंग्सले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा चेन्नईले हैदरावादलाई ८ विकेटले पराजित गरेको हो ।


खेलमा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले १७८ रन बनाएर १७९ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई चेन्नईले १८.३ ओभरको खेलमा पुरा गर्दै चेन्नईले १८१ रन बनाएर पुरा गर्यो । जतिबेला चेन्नईले २ विकेट मात्र गुमाएको थियो | खेलमा ओपनर सेन वाट्सनले सतक जोडेर नटआउट एक्लैले ११७ रङ जोडिदिए । वाट्सनले ५७ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । खेलमा चेन्नईलाई जिताउने क्रममा ओपनर फाफ डुप्लेसीसले ११ बलमा १० रङ बनाएर आउट भए भने सुरेश रैनाले २४ बलमा ३२ रङ बनाएर आउट भए । त्यसपछि आएका अम्बाती रायडुले नट आउट १९ बलमा १७ रङ जोडे ।


यसअघि मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाएका थिए । उनले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै युसुफ पठानले नटआउट ४५ रन जोडे । २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए । 


त्यस्तै हैदरावादका लागि ब्याट्सम्यान शिखर धवलेन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लोस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाएका थिए । यसरी हैदरावादले आफ्नो खातामा १७८ रन बनाएर ६ विकेट गुमाई चेन्नईलाई बिजयी १७९ रनको लक्ष्य दिएको थियो |

बलिङतर्फ चेन्नई सुपरकिंग्सका कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिएका थिए । 

उपाधि जितेसंगै चेन्नईले भारतीय २० करोड प्राइस पाएको छ  भने हैदरावादले १२ करोड प्राप्त गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!