महिला कप फुटबलको उपाधि विजेतालाई सम्मान

Posted on: 30 May, 2018

जेठ १६, सुर्खेत । बर्दियामा भएको प्रथम दमौली, क्षेत्रस्तरीय महिला कप फुटबल प्रतियोगिताको उपाधि विजेता सुर्खेती महिला टोलीलाई स्वागत तथा सम्मान गरिएको छ । सुर्खेती महिला फुटबलको इतिहासमा पहिलो पटक उपाधि जितेको टोलीलाई सुर्खेत जिल्ला फुटबल संघले एक कार्यक्रमका वीच बुधबार स्वागत तथा सम्मान गरेको हो ।


महिला टोलीलाई बधाई दिंदै राष्टिय खेलकुद परिषदका सदस्य शान्ति सिंहले अवसर पाएको अवस्थामा महिलाले आप्mनो क्षमताको उच्च प्रदर्शन गर्ने बताईन् । सुर्खेती महिला फुटबल टोलीबाट आपूmले राष्टिय, अन्तर्राष्टिय पदक र उपाधिको अपेक्षा गरेको पनि उनको भनाई थियो । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले छिमेकी प्रदेशमा गएर उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि जितेर कर्णाली प्रदेशको नाम र गौरव बढाएको भन्दै टोलीको प्रशंसा गरे । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले महिला फुटबलमा पाएको पहिलो उपाधिसंगै सुर्खेतमै अन्तर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजनागर्ने हौंसला मिलेको प्रतिक्रिया दिए । संघका महासचिव गणेशकुमार कार्कीले प्रादेशिक संरचना भएयता फुटबलबाटै पहिलो उपाधि कर्णाली प्रदेशमा भित्रिएको जिकिर गर्दै उपाधि यात्रालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । सुर्खेती महिला फुटबल टोलीले उपाधिसंगै नगद ५० हजार तथा व्यक्तिगत विधातर्फका पाँच मध्ये ४ वटा पुरस्कार पनि पाएको छ ।

प्रतियोगिता अवधिभर ३ गोल गर्ने आशा शाहीले सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक विष्णा वस्नेत, उत्कृष्ट फरवार्ड सम्झना शर्मा र उत्कृष्ट खेलाडीको पुरस्कार सिर्जना सिंहले हात परेकी थिईन् । जेठ ११ गते बाँकेलाई शून्यका विरुद्ध २ गोल, १४ गते बर्दियाको बी टीमलाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै फाइनल पुगेको सुर्खेती टोलीले फाइनलमा बर्दियाकै ए टिमलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि उचालेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!