प्रधानमन्त्री कप २०७५: प्रदेश-७ द्वारा प्रदेश-३ पराजित

Posted on: 02 Jun, 2018

जेठ १९, काठमाडौँ | प्रधानमन्त्री कप २०७५ अन्तर्गत सनिबार काठमाडौँको त्रिभुवन रंगशालामा भएको खेलमा प्रदेश ७ ले प्रदेश नम्बर ३ लाई २ विकेटले पराजित गरेको छ | 

पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ३ ले ५० ओभरको खेलमा अल आउट हुँदै ११६ रन बनाई प्रदेश ३ लाई ११७ रनको लक्ष्य दिएको थियो | जसलाई प्रदेश नम्बर ७ ले ३९.४ ओभरको खेलमा ८ विकेट गुमाई पुरा गरेको हो | आजको खेल जितेसंगै प्रदेश ३ ले सेमीफाइनलको यात्रालाई बचाएर राखेको छ | 

प्रदेश ७ का लागि जितेन्द्र सिङ ठकुरीले सर्वाधिक ४० रन बनाएका थिए | उनको उत्कृष्ट पारी संगै आजको खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई खेलको १० ओभर बाँकी छँदै पुरा गरेको छ | आजको खेलमा प्रदेश ७ का शेर मल्ल म्यान अफ द म्याच घोषित भए, उनले १० हजारको चेक सहित ट्रफी प्राप्त गरे | 

अब भोली बिहान ९ बजेदेखि प्रदेश नम्बर ५ र कर्णाली प्रदेशबीच खेल हुनेछ | खेलको एपी वान टेलीभिजनले लाइभ दिँदै आएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!