क्रिकेटर सन्दिप लामिछानेको पहिलो गित सार्वजनिक(गीतसहित)

Posted on: 07 Jun, 2018
जेठ २४, काठमाडाैँ। चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेको क्रिकेटको चर्चा नेपालले मात्र होइन विश्वले गरेको छ |
तर, धेरै कम मान्छेलाई मात्र थाहा उनी एक गायक पनि हुन् | उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ । 
उनले आफ्नो यूट्यूव च्यानलमार्फत‘उदास थियो मेरो मन’ बोलको गीत रिलिज गरेका छन् । उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् ।
सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’रोमान्टिक र मेलोडियस रह्वेको उक्त गित गजबको बनेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!