विश्वकप फुटबलमा नेपाली नजर: कुन खेलाडी कुन देशको सपोर्ट गर्दैछन् ?

Posted on: 08 Jun, 2018

जेठ २५, काठमाडौं | आजको कान्तिपुरले विश्वकप विशेषांकमा 'नेपाली नजर' शिर्षकमा यो सामाग्री छापेको छ । नेपाली फुटवलरका मन पर्ने टोली, खेलाडी र सम्भावित विजेताको बारेमा प्रस्तुत गरिएको छ ।

विमल घर्ती मगर

मनपर्ने टोलीः अर्जेन्टिना 

मनपर्ने खेलाडीः लियोनल मेस्सी 

सम्भावित विजेताः अर्जेन्टिना 

किन ? 

अर्जेन्टिनामा विश्वस्तरीय खेलाडी र आफ्नै इतिहास छ । 

विशाल श्रेष्ठ 

मनपर्ने टोलीः ब्राजिल

मनपर्ने खेलाडीः इकार कासियास (स्पेन) 

सम्भावित विजेताः ब्राजिल 

किन ?

टोलीमा युवा खेलाडीको जोस छ । क्लब स्तरमा राम्रो प्रदर्शन गरिरहेको टोलीको सन्तुलन पनि राम्रो छ ।

अनन्त तामाङ 

मनपर्ने टोलीः जर्मनी

मनपर्ने खेलाडीः सर्जियो रामोस (स्पेन) 

सम्भावित विजेताः जर्मनी

किन ?

जर्मनीको डिफेन्स निकै राम्रो छ । आक्रमणमा पनि एक से एक खेलाडी रहेका छन् ।  

अञ्जन बिस्ट

मनपर्ने टोलीः पोर्चुगल

मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) 

सम्भावित विजेताः ब्राजिल

किन ?

ब्राजिलमा आक्रामक खेलाडीको जमात स्तरीय छ । टोली निकै सन्तुलित छ ।

भरत खवास

मनपर्ने टोलीः ब्राजिल

मनपर्ने खेलाडीः लुइस सुआरेज(उरुग्वे) 

सम्भावित विजेताः ब्राजिल

किन ?

विश्वकै चर्चित खेलाडी ब्राजिलमा छन् । विशेषतः छोटो पास खेल्ने कला अद्भुत छ र विश्वकपमा फरक पार्न सक्छ । 

सुजल श्रेष्ठ

मनपर्ने टोलीः स्पेन

मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

सम्भावित विजेताः स्पेन

किन ?

स्पेनको राम्रो टोली बनेको छ । युवार अनुभवी खेलाडीको सम्मिश्रणले टोलीमा सन्तुलन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!