फिफा विश्वकप फुटबल सुरु नहुँदै रुस विवादमा, २० लाख कुकुरहरु मार्न आदेश

Posted on: 11 Jun, 2018

एजेन्सी | फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी रहेको छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् ।


सधै विवादमा रहने यस महाकुम्भ यो पाली पनि विवाद मुक्त रहन सकेन | अहिलेको ताजा विवाद भने मेक्सिको टीमसंग सम्बन्धि रहेको छ | अन्तर्राष्ट्रिय मिडियाको अनुसार रसियामा आउनु भन्दा पहिला मेक्सिको धेरै खेलाडीहरुले यौनकर्मीहरुसंग रात बिताएका आरोप आएको थियो | तर व्यवस्थापनको अनुसार खाली समयमा खेलाडीहरु स्वतन्त्र रुपमा आफुले चाहेको काम गर्न सक्छन् | 

विवाद नम्बर १: २० लाख सडक कुकुरहरुलाई मार्न आदेश  ​


रूस सरकारले रसियाको ११ सहरमा २० लाख कुकुर र बिरालोलाई मार्न आदेश दिएको छ | रुस सरकारले जनावर मार्नका लागि मात्र १९.५ लाख डलर छुट्याएका छन् | यसरी जनावर मारिएको पहिलो पटक भने होइन | यो भन्दा पहिला ओलिम्पिक खेलको लागि सरकारले कुकुर मार्न आदेश दिएको थियो |

विश्वकप अन्तर्गतका खेलहुने ११ सहरमा कुकुर र बिरालोहरु संख्या धेरै रहेको छन् | सरकारले आफनो सहरको इमेजको लागि धेरै जनवारहरुको बलि दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ | यति मात्र नभएर हजारौ पक्षिहरुलाई पनि मार्न आदेश दिएको छन् | एनिमल्स राइट्सहरुले यो कुराको विरुद्ध गरेता पनि उपप्रधानमन्त्रि विटाली मुटले यो कुरालाई नकारेर छन् |

विवाद नंबर २: क्रिमियामा कब्जा 


सन् २०१४ मा रुसले क्रिमियालाई यूक्रेनबाट अलग गरेर आफ्नो देशमा मिलाएको थियो | यो घटनालाई ब्रिटेन र अमेरिकाले रुसलाई हिटलरसंग तुलना गरेको थियो |

विवाद नम्बर ३: 

सन् २०१४ मा जर्मनीको ब्रोडकास्टरले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो | उक्त रिपोर्टमा रुसले सन् २०११ मा डोपिंगले सरकारको विरोध गरेको बारेमा  थियो | पछि सन् २०१५ मा वर्ल्ड एन्टी डोपिंग एजेसी (वाडा)ले आफ्नो रिपोर्टमा रुसको आलोचना गरेको थियो | २०१५ मा  इंटरनेशनल एसोसिएशन आफ एथलीट्स फेडरेशन्सले रूसको अधिकांस एथलीट्सलाई इवेंट्समा भाग लिनबाट अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो |

विवाद नम्बर ४: रूसी जासूसको ब्रिटेनमा हत्या


सन् १९९० को दशकमा स्क्रिपल नामको एक जासूसले डबल एजेन्टका काम गरेका थिए | रुसको जासुस भएर पनि ब्रिटेनको खुफिया एजेन्सीको रुपमा काम गरेकोले उनको हत्या रुसले गरिएको आरोप रहेको थियो |

विवाद नम्बर ५: पैसा दिएर वर्ल्ड कप आफ्नो देशमा खेलाएको आरोप  


सन् २०१० मा वर्ल्डकप २०१८ मा रुसमा हुने घोषणा गरिएको थियो | ब्रिटेन, नेदरल्याण्ड र पोर्चुगलबीच भएको उक्त प्रतिस्पर्धामा रुसको हातमा वर्ल्ड कपको जिम्मेवारी पाउदा धेरैजना आश्चर्यचकित भएका थिए | उक्त समयमा पनि फिफाको ब्यबस्थापन समितिको सदस्यलाई पैसा दिएर जितेको आरोप लागेको थियो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!