आज विश्वकपमा ३ खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दैछन् ? (पहिलो खेल ३:४५ मा हुँदै)

Posted on: 16 Jun, 2018

असार २, काठमाडौँ | आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ | जसमा पहिलो खेल फ्रान्स बिरुद्ध अस्ट्रेलिया, दोश्रो खेलमा अर्जेन्टिना बिरुद्ध आइसल्याण्ड र आजको अन्तिम खेलमा पेरुबिरुद्ध डेनमार्कले खेल्दैछ |

नेपाली खेलप्रेमीहरुलाई आजको दोश्रो खेल अर्जेन्टिना बिरुद्ध आइसल्याण्डको खेल निकै चासोको बिषय हुनेछ | अर्जेन्टिना मेस्सीको टिम हो | 


यस अघि विश्वकप खेलमा शुक्रबार ३ खेल भए जसमा पहिलो खेलमा इजिप्टलाई उरुग्वेले ०-१ ले पराजित गर्यो भने दोश्रो खेलमा मोरक्कोले आत्मघाती गोल खाँदा इरान बिजयी हुन पुग्यो | त्यस्तै तेश्रो खेलमा स्पेन र पोर्चुगल ३-३ गोल गर्दै बराबरी खेले | पोर्चुगलको लागि रोनाल्डोले ह्याट्रिक गरेका थिए | 

आज कति बजे कुन-कुन देश भिड्दैछन् ? 

आज June 16 (असार २ गते शनिबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस् 

पहिलो खेल: फ्रान्स vs अस्ट्रेलिया  

नेपाली समय: १५:४५ बजे 

दोश्रो खेल: अर्जेन्टिना vs आइसल्याण्ड

नेपाली समय: १८:४५ बजे

तेस्रो खेल: पेरु vs डेनमार्क 

नेपाली समय: २१:४५ बजे 

June 17 (असार ३ गते शनिबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस् 

पहिलो खेल: क्रोएसिया vs नाईजेरिया  

नेपाली समय: ००:४५ बजे 

यस बिषयमा तपाइको प्रतिक्रिया...!