विश्वकप अपडेट: आइसल्याण्डले अर्जेन्टिनासँग खोस्यो अंक, मेस्सीको पेनाल्टी मिस

Posted on: 16 Jun, 2018

असार २, काठमाडौं । विश्वकप खेल अन्तर्गत केहीबेर अह्घी भएको खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।

विश्वकपमा पहिलो पटक खेलेको आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरी रोक्दै अंक बाड्न सफल भएको हो । 

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । अर्जेन्टिनाको लागि १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, त्यसको चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्कायो ।

आइसल्यान्डको लागि अल्फ्रेड फिनबोगसनले विश्वकपमा पहिलो गोल गरे ।

दोस्रो हाफमा सर्जिओ एग्युरोलाई आइसल्याण्डको खेलाडीले लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सीले गोल गर्न सकेनन् । आजको खेलमा आइसल्याण्डका गोलकिपर हृयाण्ड्स हालडोसनले धेरै बललाई पोष्ट छिर्नबाट जोगाउन सके ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!