विश्वकपमा क्रोएशियाद्वारा नाइजेरिया २-० ले पराजीत

Posted on: 17 Jun, 2018

असार ३, रसिया | विश्वकप खेल २०१८ अन्तर्गत ग्रुप 'डी'को आफ्नो पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोल अन्तरले पराजित गरेको छ । क्रोएशीयाले अफ्रिकन फुटबल पावरहाउस नाइजेरियामाथि २-० को उत्कृष्ट निकालेको हो । जुन योगफलको लागि उसले १ पेनाल्टीको समेत सदुपयोग गर्यो ।  

सुरुवातमा नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खाता खोल्यो । म्यानडुजिकले गरेको हेड बल क्लिएर गर्ने क्रममा इटेबोको खुट्टामा 'डिफ्लेक्ट' हुँदा गोल हुन पुगेको थियो। 


नाइजेरियाले दोश्रो हाफमा फेरी अर्को गल्ति गर्यो । खेलमा पेनाल्टी एरियामा नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि क्रोएसियाले पेनाल्टी पाएको थियो ।उक्त पेनाल्टीलाई क्रोएशियाका मोडरिकले ७१ औं मिनेटमा दोश्रो गोल गरे । 

जुन १७ मा ४ खेल भएको मध्ये यस अघि डेनमार्कले पेरुलाई १-० ले पराजित गर्यो भने त्यस अघिको खेलमा अर्जेन्टिना र आइसल्याण्डले समान १-१ गोल गरेर अंक बाँडे । त्यस्तै त्यस अघि भएको खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ अन्तरले पराजित गरेको थियो । 

Photo: Getty Images

यस बिषयमा तपाइको प्रतिक्रिया...!