आज विश्वकपमा ब्राजिल सहित ६ देशको खेल हुने, कति-कति बजे हुँदैछ खेलहरु ? (नेपाली समय अनुसार)

Posted on: 17 Jun, 2018

असार ३, काठमाडौँ | आज विश्वकपमा बिभिन्न ६ देशबीच ३ खेल हुँदैछ | जसमा आजको पहिलो खेल कोष्टरिकाबिरुद्ध सेर्बियाले खेल्दैछ | त्यस्तै आज दोश्रो खेल जर्मनी र मेक्सिकोबीच हुँदैछ भने आजको अन्तिम खेलमा ब्राजिल र स्विजरल्याण्ड खेल्दैछन् |

नेपाली खेलप्रेमीहरुलाई आजको दुई खेल महत्वपूर्ण छ, अधिकांशले ब्राजिलको सपोर्ट गरेका छन् भने जर्मनीको खेल पनि कतिपय नेपालीहरुको लागि महत्वपूर्ण खेलको रुपमा रहेको छ | 

यस अघि शनिबार भएको बिभिन्न ४ खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ अन्तरले पराजित गरेको थियो भने शनिबारकै अर्को खेलमा डेनमार्कले पेरुलाई १-० ले पराजित गर्यो । त्यस्तै शनिबार भएको तेश्रो खेलमा अर्जेन्टिना र आइसल्याण्डले समान १-१ गोल गरेर अंक बाँडे भने अन्तिम खेलमा क्रोएसियाले नाईजेरियालाई २-० गोल अन्तरले पराजित गरेको थियो । 

माथिको तश्विरमा: शनिबार क्रोएसियाले २-० गोल अन्तरले नाईजेरियालाई पराजित गरेपछि खुसि साट्दै खेलाडीहरु, तश्विर: Getty Images  

आज कुन-कुन खेल हुँदैछ (समय सहित)

पहिलो खेल: कोष्टरिका vs सेर्बिया 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: जर्मनी vs मेक्सिको

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: ब्राजिल vs स्विजरल्याण्ड 

नेपाली समय: २३:४५ बजे 

आज बिहान क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो

विश्वकपको समूह डीको खेलमा आज बिहान ००:४५ बजे सुरु भएको खेलमा क्रोएशियाले नाइजेरियालाई २-० ले हराएको छ ।  नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोडि्रचले पेनाल्टीमार्फत गोल गरे ।

कालिनिग्राद स्टेडियममा भएको यो खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएका थिए । त्यसपछि रेफि्रले क्रोएशियालाई पेनाल्टी दिए । यो अवसरलाई लुकाले सदुपयोग गरे र बललाई जाली चुमाए ।

यसअघि नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल हाने । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका थिए ।

विश्वकपमा नाइजेरिया र क्रोएशिया पहिलोपटक आमनेसामने भएका थिए । तर, नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले ५ कर्नर प्रहारको अवसर पाएको थियो । फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!