विश्वविजेता जर्मनलाई स्तब्ध पार्दै मेक्सिको बिजयी

Posted on: 17 Jun, 2018

असार ३, काठमाडौँ | रसियामा जारी विश्वकपमा आइतबार भएको खेलमा २०१४ को विश्वबिजेता जर्मनलाई स्तब्ध पार्दै मेक्सिको बिजयी भएको छ । मेक्सिकोलाई निकै दवाबमा राखेपनि जर्मनले गोल हान्न भने सकेन, फलस्वरूप विश्वविजेता जर्मनलाई १-० गोलले पराजित हुन पुग्यो ।

मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा मेक्सिको लागि गोल दिलाए । उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिएका थिए जुन खेललाई आफ्नो तर्फ जर्मनले फर्काउन सकेन । 


खेलको सुरूवात दुवै देशको लागि निकै आक्रामक रहेपनि १ गोल गरेपनि मेक्सिकोले रक्षात्मक खेल खेल्न सुरु गर्यो । जसको कारण जर्मनको पक्षमा धेरै अवसरहरु आएपनि गोलमा परिणत गराउन भने जर्मन चुक्यो । खेलको अन्तिमसम्म धेरै आक्रमण गरेको जर्मनले हारबाट भने मुक्त हुन सकेन । त्यसो त जर्मनको आक्रमणका बीच मेक्सिकोले पनि केहि सम्भावित अवसरहरु गुमाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!