विश्वकप अपडेट: सोमबारको खेलमा स्विडेन, बेल्जियम र इंग्ल्याण्ड बिजयी

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौँ | सोमबार मध्येराति भएको विश्वकप खेलमा इंग्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित हाँशिल गरेको छ । खेलको ९० मिनेटसम्म १-१ को बराबरीमा रोकिएको खेलमा इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्ड बिजयी भएको हो । 

समूह ‘जि’ को खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा निर्धारित ९० मिनेटको खेलमा अतिरिक्त समयमा कप्तान ह्यारी केनले इंग्ल्याण्डको लागि दोस्रो गोल गर्दै जित दिलाए । रक्षात्मक खेल खेलेको ट्युनिसियाले अन्तिम समय अपत्यारिलो गोल खाएको हो । हेडीङ मार्फत गोल हुँदा ट्युनिसियाका गोल किपर खडा भएर हेरिरहेका थिए ।

खेलको पहिलो हाफमा इंग्ल्याण्डले खाता खोल्दै ११ औं मिनेटमा गोल गरेको थियो भने खेलको ३५ औं मिनेटमा ट्युनिसियाले पेनाल्टी मार्फत बराबरी गर्यो । खेलमा इंग्ल्याण्डका खेलाडीले आफ्नो डिबक्सभित्र ट्युनिसियाका खेलाडीलाई फल गरेपछि पेनाल्टी हानिएको थियो । उक्त पेनाल्टीमा फेर्जानी ससीले गोल गर्दै ट्युनिसियालाई बराबरीमा पुर्याएका थिए । 

खेलमा पहिलो जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

यस अघि सोमबार नै सम्पन्न विश्वकप खेल अन्तर्गत भएका दुई खेलमा कोरियालाई स्विडेनले ०-१ गोलले पराजित गरेको थियो भने पनामालाई बेल्जियमले ०-३ गोलले पराजित गरेको थियो । 

माथिको तश्विरमा: स्विडेनलाई ३-० गोल अन्तरले पराजित गरेपछि बेल्जियमका खेलाडीहरु खुसि साट्दै : Photo: Fiff 

यस बिषयमा तपाइको प्रतिक्रिया...!