नेइमारले भने - 'मेसी र रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्छ'

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौं । ब्राजिलका स्टार नेइमारले मजाक गर्दै मेसी र रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्छ भन्ने प्रतिक्रिया दिएका छन् । 

आफू उत्कृष्ट खेलाडी बन्न भन्दा ब्राजिललाई विश्वकप जिताउनतिर ध्यान लगाइरहेको ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले बताएका छन् । ‘मेरो गोल उत्कृष्ट खेलाडी बन्नका लागि हुने छैन’ डेसिमपेडिडसलाई उद्धृत गर्दै इएसपीएनले उल्लेख गरेको छ । साथै उनले प्रशिक्षक टिटेले राम्रो काम गरीरहेको बताएका छन् । 

नेइमारले मजाक गर्दै आफू उत्कृष्ट खेलाडी रहेको तर, त्यसका लागि अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्ने पनि बताए । 

विश्वकपको पहिलो खेलमा नेमारसहितको ब्राजिल स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो । 

ब्राजिलको टिममा सबै स्टार खेलाडीमा सँगै नेइमार आफ्नो उत्कृष्ट लयमा देखिन्छन् । फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता नेइमार आफ्नो दोस्रो विश्वकप सहभागितामा उत्कृष्ट खेल देखाउन व्यग्र छन् । 

चोटका कारण गएको तीन महिनादेखि मैदान बाहिर रहेर विश्वकपमा आएका उनले विश्वकप अघिको मैत्रीपूर्ण खेलहरुमा पनि राम्रो गरेका थिए । 

ब्राजिलले समूह चरणको दोस्रो खेल आगामी ८ गते बेलुका पौने ६ बजे कोस्टारिकासँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!