आज शनिबार विश्वकपमा ६ देशबीचको खेल हुँदै, कुन देशको खेल कति बजे ?

Posted on: 23 Jun, 2018

असार ८, काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ | यसै क्रममा आज शनिबार ६ देश एकापसमा खेल्दैछन् | आज पहिलो खेल ग्रुप 'जी' अन्तर्गत बेल्जियम र ट्युनिसियाबीच साँझ ५:४५ बजे हुँदैछ | यस अघिको खेलमा बेल्जियमले पनामालाई ३ गोल हानेर ३ अंक प्राप्त गरिसको छ भने ट्युनीसिया इंग्ल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको थियो | 


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे कोरिया रिपब्लिक र मेक्सिकोबीच हुनेछ | ग्रुप 'एफ' अन्तर्गत हुने यो खेलमा कोरिया रिपब्लिक अघिल्लो खेलमा पराजित भएकाले सबैभन्दा तल्लो स्थानमा छ | त्यस्तै मेक्सिकोले ३ अंक प्राप्त गरिसकेको छ | यस अघिको खेलमा कोरिया रिपब्लिक स्विडेन सँग १-० गोल अन्तरले पराजित भएको थियो भने  मेक्सिकोले २०१४ को विश्वविजेता जर्मनीलाई ०-१ गोल अन्तरले पराजित गरेको थियो | 


त्यस्तै आजको अन्तिम खेल जर्मनी र स्विडेनबीच हुँदैछ | समुह 'एफ' मा रहेका यी राष्ट्रहरुले यसअघिका आफ्ना खेलमा जर्मनीले मेक्सिकोसँग ०-१ गोलले पराजित भएको थियो भने स्विडेनले कोरिया रिप्बलिकलाई पराजित गरेको थियो |  २०१४ विश्वकप बिजेता जर्मनीलाई आजको खेल जित्नु अत्यावश्यक हुनेछ |

 

शुक्रबारको नतिजा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!