विश्वकप ग्रुप 'सी' बाट पेरु र अस्ट्रेलिया बाहिरियो, फ्रान्स र डेनमार्क नकआउट चरणमा

Posted on: 26 Jun, 2018

असार १२, काठमाडौँ | रुसमा जारी विश्वकपमा आज ग्रुप 'सी' बाट पेरु र अस्ट्रेलिया बाहिरिएका छन् भने फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् । समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् ।

मंगलबार राति भएको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम अघिल्लो चरणमा पुगे । समूह विजेता फ्रान्सले दुई खेलमा जित र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोड्यो ।


चालु विश्वकपमा  गोलरहित बराबरीमा सकिएको फ्रान्स र डेनमार्कबीचको खेल नै पहिलो हो । यसै समूहमा रहेका अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । मंगलबार भएको अन्तिम खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराए पनि अघिल्ला २ खेल हारेकाले आफूलाई दोस्रो चरणमा पुर्‍याउन सकेन ।


मंगलबार पेरुलाई सान्त्वना जित दिलाउन १८ औं मिनेटमा एन्ड्रे क्यारिलो र ५० औं मिनेटमा पाउलो गुरेरोले गोल गरे । तर यसअघिको खेलमा उसले फ्रान्स र डेनमार्कसँग पराजय व्यहोरेका कारण अघिल्लो चरण जान सकेन ।

अष्ट्रेलियाले भने समूह चरणमा जम्मा १ खेल बराबरी गर्‍यो भने दुई खेलमा पराजय व्यहोर्‍यो । उसले पेरु र फ्रान्ससँग पराजय व्यहोर्‍यो भने डेनमार्कसँग बराबरी खेलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!