अर्जेन्टिना विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश, नाइजेरिया र आइसल्याण्ड बाहिरिए

Posted on: 27 Jun, 2018

असार १३, काठमाडौँ | विश्वकप फुटबल अन्तर्गत समूह ‘डि’ को निकै रोमान्चित खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस संगै अर्जेन्टिना विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ  ।  


खेलको १४ औ मिनेटमा मेसीको गोलसंगै अग्रता लिएको अर्जेन्टिनालाई पेनाल्टीमा गोल गर्दै नाइजेरियाले बराबरी गरेपछी खेल निकै आक्रामक बनेको थियो ।


खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट नाइजेरियाका भिक्टोर मोसेसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । तर अर्जेन्टिनाका मार्कुस रोजोले ८६औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । 


उता समूह 'डी' को अर्को खेलमा आइसल्याण्डलाई क्रोयसियाले २-१ गोलले पराजित गरेको छ । यस अघि नै क्रोयसिया नकआउट चरणमा प्रवेश गरेको थियो । क्रोएसिया समूह बिजेता बनेको छ ।  


खेलमा १ खेल मात्र जितेको नाइजेरिया र २ खेल हार्दै १ खेलमा बराबरी खेलेको आइसल्याण्ड भने समूह चरणबाटै बाहिरिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!