आज ब्राजिल, जर्मनी सहित ६ राष्ट्रको भाग्य परिक्षा, समय तालिका सहित

Posted on: 27 Jun, 2018

असार १३, काठमाडौँ | आज विश्वकपमा बिभिन्न ८ राष्ट्रबीच ४ खेल हुँदैछन् | आजको खेलबाट ४ राष्ट्र नकआउट चरणमा जाने हुँदा निकै महत्वपूर्ण मानिएको छ, जसमा जर्मनी तथा ब्राजिलको सहित महत्वपूर्ण खेलहरु हुनेछन |  


आज ग्रुप ई र ग्रुप एफबिच विश्वकपको समूह चरणको अन्तिम खेल हुँदैछ | खेलमा समूह 'ई' को महत्वपूर्ण टिम ब्राजिल सहित स्विजरल्याण्ड र सेर्वियाको आज भाग्य परिक्षा हुनेछ | ग्रुप ईका यी ३ राष्ट्र मध्ये ब्राजिल र स्विजरल्याण्डको समान ४/४ अंक छ भने सर्वियाले ३ अंक पाईसकेको छ | यही समूहको कोस्टारिकाले भने अघिल्ला २ खेलमा पराजित भएर शुन्य अंकमै छ | 

त्यस्तै आजै हुने ग्रुप एफको खेलमा २०१४ को विश्वबिजेता टोली जर्मनी सहित मेक्सिको र स्विडेनको भाग्य परिक्षा हुनेछ | यो ग्रुपबाट मेक्सिको सहित जर्मनी र स्विडेनको आज भाग्य परीक्षा हुँदैछ | 


आज कुन खेल कति बजे ? 

आज बेलुका ७:४५ बजे कोरिया रिपब्लिक र जर्मनीबीच खेल हुँदैछ | त्यसै समय मेक्सिको र स्विडेनबीच पनि खेल हुनेछ |

त्यस्तै आज मध्यराति अर्थात ११:४५ बजे ब्राजिल र सेर्विया बीच खेल हुनेछ | सेर्वियाले यस अघि १ खेल जितेको कारण उसलाई विश्वकपको अर्को चरणमा जान ब्राजिललाई जित्नैपर्ने हुन्छ | त्यस्तै सोहि समय स्विजरल्याण्ड र कोस्टारिकाबीच खेल हुँदैछ |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!