एसियाली देश जापान हारेर पनि विश्वकपको नकआउट चरणमा, कोलम्बिया समूह बिजेता

Posted on: 28 Jun, 2018

असार १४, काठमाडौँ | विश्वकप फुटबल अन्तर्गत समूह 'एच' को विजेता बन्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ भने ग्रुपको दोश्रो स्थानमा रही जापान पनि नकआउट चरणमा प्रवेश गरेको छ । 


कोलम्बियाले समूह 'एच' को आफ्नो अन्तिम खेलमा सेनेगललाई १–० गोल अन्तरले पराजित गरेको हो, खेलको ७४औं मिनेटमा यरी मिनाले कोलम्बियाको लागि गोल गर्दै अग्रता दिलाएका थिए । अन्ततः उनकै निर्णायक गोलमा कोलम्बियाले जित निकालेको हो । 

उता ग्रुप एचकै अर्को खेलमा जापानलाई पोल्याण्डले १-० गोलले पराजित गरेको छ । तर कोलम्बियाले सेनेगललाई हराएका कारण एसियाली देश जापान भने हारेर पनि विश्वकपको नकआउट चरणमा पुगेको छ ।


आफ्ना ३ खेलमध्ये दुई खेलमा जित निकाल्न सफल कोलम्बियालाई सुरुको खेलमा जापानले पराजित गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!