फ्रान्स विरुद्ध अर्जेन्टिनाको बराबरी गोल, अर्जेन्टिनालाई ३ 'एल्लो कार्ड'

Posted on: 30 Jun, 2018

असार १६, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा अहिले अर्जेन्टिना र फ्रान्स खेलिरहेका छन् । अर्जेन्टिना र फ्रान्सको खेलमा फ्रान्सले सशक्त प्रदर्शन गर्दैछ भने अर्जेन्टिना फ्रान्सलाई रोक्न प्रयासमा छ । 

रुसको काजानमा जारी खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाति अग्रता लिएको छ । १३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत अग्रता दिलाएका हुन् ।

अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्ममा ३ एल्लो कार्ड पाएको छ । अर्जेन्टिनाका टाग्लीयाफिको, मास्चेरानो र मार्कोस रोजोले पहेलो कार्ड पाएका हुन् । 

यसैबीच खेलमा ४१ औं मिनेटमा फ्रान्सको अग्रतालाई तोड्दै अर्जेन्टिनाले पनि गोल हानेको छ । अर्जेन्टिनाका एन्जेल डी मारियाले गोल गर्दै खेललाई बराबरी गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!