उरुग्वे र पोर्चुगलबीच खेल जारी, खेलको ६४ औं मिनेटसम्ममा २-१ को गोल स्कोर

Posted on: 01 Jul, 2018

असार १७, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनलमा पोर्चुगलविरुद्ध उरुग्वेको खेल जारी छ । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेले अग्रता बनाएपनि दोश्रो हाफको ५५ औं मिनेटमा पोर्चुगलले गोल गर्दै बराबरी गरेको थियो तर लगत्तै ६२ औं मिनेटमा उरुग्वेले दोश्रो गोल हान्दै पुन: अग्रता लिएको छ । 

रसियाको सोचीस्थित फिष्ट रंगशालामा खेल सुरु भएको सातौं मिनेटमा उरुग्वेका लागि इडिसन काभनीले लुइस स्वारेजको विंगर पासमा हेडर गोलले गोल गर्दै अग्रता लिएको थियो । 


खेलको सुरुमै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बल उरुग्वेलेका गोलकिपरले बचाउ गरेका थिए । खेलको ५५ औं मिनेटमा पोर्चुगलका लगिओ पेपेले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याएका थिए । त्यसको ७ मिनेट पछि फेरी बराबरीको स्कोर तोड्दै इडिसन काभनीले उरुग्वेको लागि जारी खेलमा दोश्रो गोल गरेका छन् । 


विश्वकपको जन्मदाता समेत रहेको उरुग्वे र पोर्चुगल विश्वकपको प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा भएको यो पहिलो पटक हो । २ पटकको विश्वकप विजेता उरुग्वे पोर्चुगललाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्दै क्वारफाइनलमा पुग्ने दाउँमा छ भने स्टार खेलाडी रोनाल्डोको टोली विश्वकप जित्कै दाउमा छ । आज यी दुई टिम मध्ये जो विजेता बन्छ उसले क्वाटरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेल जारी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!