स्पेनसँग रक्षात्मक खेल खेल्दै रसिया विश्कपको क्वाटरफाइनलमा प्रवेश, पेनाल्टीमा स्पेन पराजित

Posted on: 01 Jul, 2018

असार १७, काठमाडौँ | विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक रसियाले स्पेनलाई पराजित गरेको छ । यससंगै आयोजक राष्ट्र विश्कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलमा पेनाल्टी सुटआउट भएको थियो । स्पेनले आफ्नो पक्षमा ७४ प्रतिशत बल हुँदा पनि गोल भने गर्न सकेन । 


पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । दोश्रो हाफपछी स्पेनको लगातारको प्रयासलाई विफल बनाउँदै रुसले आफुले चाहेको खेलतर्फ मोड्यो । मस्कोस्थित लुजनिकी रंगशालामा खेलको १२ औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनले प्रहार गरेको बल रसियाका इग्नाशेभिकले रोक्ने क्रममा गोल हुन पुगेको थियो । त्यसपछि खेलको ४२औं मिनेटमा स्पेनका जेरार्ड पिकेले हातले बल छोएपछि रसियाले पेनाल्टी पायो । जुन पेनाल्टीलाई अवसरको रुपमा परिणत गर्दै रसियाका आर्टिम ज्युबाले गोल गरे र बराबरीमा पुर्याए । 

खेलको सुरुवातदेखिनै रसियामाथि दबाब बनाएर खेलेको स्पेनले गोल गर्न नसक्दा पेनाल्टीसम्म पुगेर ४-३ गोल अन्तरले पराजित हुन पुग्यो । पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशेभले गोल गरे भने स्पेनका लागि आन्ड्रे इनिएस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्रै गोल गरे । स्पेनको २ पेनाल्टी गोलकिपरले रोकेपछि स्पेन खेलमा पराजित हुन पुग्यो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!