डेनमार्कलाई पेनाल्टीमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

Posted on: 02 Jul, 2018

असार १८, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनल अन्तर्गत चौथो खेलमा डेनमार्कलाई पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएका दुवैदेशको खेलमा दोश्रो हाफ र त्यसपछि थपिएको ३० मिनेटको खेलमा पनि कुनै गोल हुन नसकेपछी पेनाल्टी सुट आउट भएको थियो । जसमा क्रोयसियाले डेनमार्कलाई ३-२ गोल अन्तरले पराजित गर्यो । 


डेनमार्कले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता १–० गोलको अग्रता बनाएको थियो । डेनमार्कका लागि माथियस जोगिनसेनले गोल गर्दै अग्रता दिलाएका थिए । डेनमार्कले गोल गरेको ३ मिनेटमै क्रोएसियाले पनि गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको थियो । क्रोएसियाका लागि मारियो मान्डजुकिकले गोल गरे । तर त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछी निर्धारित समयसंगै ३० मिनेटको थप समयमा पनि गोल हुन नसक्दा पेनाल्टी तय भयो । यसअघि क्रोयसियाले थपिएको ३० मिनेटको अन्तिम समयमा पाएको पेनाल्टीमा डेनमार्कका गोलकिपरले उत्कृष्ट बचावट गरेका थिए । पेनाल्टी मिस गरेपछि खेल बराबरीमै कायम रह्यो र पेनाल्टीको निश्चित भयो । जसमा क्रोयसियाका गोलकिपरले आकर्षक बचाऊहरु गर्दै क्रोयसियालाई अघिल्लो चरणमा बाटो बनाइदिए ।


खेल हारेसंगै डेनमार्क रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनलबाटै बाहिरिएको छ ।

विश्वकपको प्रि-क्वाटर फाइनलबाट यस अघि अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्ता महत्वपूर्ण टिम समेत बाहिरिईसकेको छ । अब आज बेलुका ब्राजिल र मेक्सिको बीच साँझ ७:४५ बजे र बेल्जियम र जापानबीच मध्येराति पौने १२ बजे खेल हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!