ब्राजिललाई मेक्सिकोले आजसम्म गोल गरेको रेकर्ड छैन ! आज ब्राजिलका मार्सेलोले नखेल्ने

Posted on: 02 Jul, 2018

असार १८, काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज प्रि-क्वाटर फाइनल खेलमा केहि बेरपछि ब्राजिल र मेक्सिकोको खेल हुँदैछ । विश्वकपको समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता बन्दै आएको मेक्सिको र ब्राजिलले आज पौने ८ बजे खेल खेल्दै छन् । विश्वकप इतिहाँसमा मेक्सिकोले ब्राजिललाई गोल गर्न सकेको रेकर्ड छैन ।

ब्राजिल र मेक्सिकोबीच यस अघि चार खेल भएकोमा मेक्सिकोले ११ गोल खाएको छ तेर एकपटक पनि ब्राजिलले मेक्सिकोसँग गोल खानु परेको छैन । तर यो पटक भने ब्राजिललाई गोल गर्दै मेक्सिकोले इतिहाँस तोड्ने दाउमा छ ।


समूह चरणका आफ्ना खेलमा एकैनासका प्रदर्शन गरेर प्रि-क्वाटर फाइनलमा आएका ब्राजिल र मेक्सिकोबीचको आजको खेललाई फुटबल प्रेमीहरुले निकै चासोका साथ हेरेका छन् । यसपटकको विश्वकपमा २०१४ को विश्वकप बिजेता जर्मनलाई मेक्सिकोले समूह चरणको पहिलो खेलमै पराजित गर्दै धेरैलाई अचम्ममा पारेको थियो । अर्को कुरा राम्रा-राम्रा खेलाडी सहितको टोली क्रमश पराजित बन्दै प्रि-क्वाटर फाइनलबाटै बाहिरिंदै गर्दा ब्राजिलले पनि आज हारला कि जित्ला भन्ने अन्यौलता छ । यदी आज मेक्सिको ब्राजिलसँग पराजित भएमा विश्वकपको खेलमा अन्तिम १६ को ७ औं खेलबाट बाहिरिने छ । 

आज ब्राजिल वा मेक्सिको जसले जिते पनि क्वाटरफाइनलमा आजै राति हुने बेल्जियम र जापानबीचको विजेतासँग खेल्ने छ । आजको खेलमा ब्राजिलका डिफेन्डर मार्सेलोले खेल्दै छैनन् । उनि घाइते रहेकाले उनको स्थानमा फिलिप लुइसलाई खेलाइँदै छ । मार्सेलो समूह चरणको अन्तिम खेलमा सर्बियाविरुद्ध खेल्दा घाइते भएका थिए । 


त्यस्तै मेक्सिकोका प्रमुख सेन्टर ब्याक हेक्टर मोरेनो दुई वटा पहेँलो कार्ड पाएका कारण ब्राजिलविरुद्धको खेल खेल्न पाउने छैनन् । उनको स्थानमा हृयुगो एयालालाई खेलाइने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!