मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप २०१८ को क्वार्टर फाइनलमा प्रवेश

Posted on: 02 Jul, 2018

असार १८, काठमाडौं । मेक्सिकोलाई दुई गोलले पराजित गर्दै ब्राजिल विश्वकप २०१८ को क्वार्टर  फाइनलमा प्रवेश गरेको छ । 

रुसमा जारी विश्वकप २०१८ अन्तर्गत प्रि क्वार्टर  फाइनल खेलमा  ब्राजिलले  मेक्सिकोलाई दुई गोलले पराजित गरेको हो । खेलको दोस्रो हाफको सुरुमा नै नेइमारले एक गोल गरेका हुन् । 

अब ब्राजिलले क्वार्टफाइनलमा जापान वा बेल्जियम मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

ब्राजिलका लागि नेइमारले ५१ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। विलियमले मिहिनेत गरेर उपलब्ध गराएको 'लो क्रस' मा नेइमारले गोल लाइन नजिकबाट 'टच' गरेर गोलपोस्टको दिशा दिएका थिए। जारी विश्वकपमा नेइमारको यो दोस्रो गोल हो। यसअघि उनले समूह चरणमा कोस्टारिका बिरुद्ध गोल गरेका थिए। 

मेक्सिकोको पराजयसंगै विश्वकप २०१८ को यात्रा सकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!