बेल्जियमको अन्तिम नाटकीय गोलले जापान पराजित, क्वाटरफाइनलमा बेल्जियम र ब्राजिल भिड्ने

Posted on: 03 Jul, 2018

असाए १९, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि क्वाटरफाइनल खेलमा बेल्जियमले अन्तिम समयमा १ गोल थप्दै जापानलाई ३ -२ गोलले पराजित गरेको छ  । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा जापानले दोश्रो हाफ पछी लगातार २ गोल गरेको जापानलाई उस्तै लयमा बेल्जियमले पनि लागातार  गोल गर्दै बराबरी गरेको थियो । तर अन्तिम समयमा नाटकीय गोल गर्दै बेल्जियमले क्वाटर फाइनल यात्रा तय गर्यो ।

पहिलो हाफमा जापानलाई बेल्जियमले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन । दोश्रो हाफ लगत्तै जापानका हारागुचीले खेलको ४८ औं मिनेटमा पहिलो गोल गर्दै जापानलाई अग्रता दिलायेका थिए । लगतै खेलको ४ मिनेट पछि  जापानले पुन: अर्को गोल गर्दै थप बलियो बन्यो । जापानका लागि दोश्रो गोल ताकेसी ईनुईले गरेका हुन् । उनले लामो दुरीबाट बेल्जियमको पोष्टमा प्रहार गर्दा उक्त बलले गोलपोष्टको जाली चुमेको थियो । 


बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । दोश्रो हाफ पछी हावी भएको जापानले गोल संगै निकै आक्रामक खेल प्रदर्शन गर्यो । जापानले २ गोल गरेपछि सम्हालिएर खेलेको बेल्जियमले पनि जापानकै लयमा लगातार २ गोल गर्दै जापानसँग बराबरी गर्यो ।  बेल्जियमले खेलको ६९ औं मिनेटमा हेडमार्फत गोल गर्यो । खेलमा जान भेरटोङगेनले बेल्जियमको लागि गोल गरे भने अर्को गोल ५ मिनेट पछी मरौने फालानीले दोश्रो गोल गरे । 

त्यसपछि खेलको अतिरिक्त समय सकिएपछी ४ मिनेट समय थप भयो जुन समयमा अवसर पाएको जापानले गोल गर्न सकेन । अन्तिम समयमा जापानले फ्रिकिक पायो र उक्त फ्रिकिक बेल्जियमका किपरले रोकेर पुन: जापानलाई कर्नर दियो । कर्नर प्रहार गरेपछि बल खोस्दै सेकेन्डसमयको सदुपयोग गर्दै जापानको पोष्टमा पुर्याई बेल्जियमले आफ्नो लागि तेश्रो गोल गर्दै जापानलाई निरिह पार्न सफल भयो । जित संगै बेल्जियमले अब क्वाटर फाइनलमा ब्राजिलसँग खेल्ने छ भने जापान  विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!