स्विजरल्याण्डलाई पराजित गर्दै स्वीडेन २४ वर्षपछि क्वार्टरफाइनलमा

Posted on: 03 Jul, 2018

असार १९, काठमाडौं । स्वीट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै स्वीडेन जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विडेन २४ बर्ष पछी पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

खेलमा पहिलो हाफसम्म दुवै टोलीले कुनै गोल गर्न सकेको थिएन । तर दोश्रो हाफको ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्दै स्विजरल्याण्डलाई गोल हान्नबाट रोक्न सफल बन्यो । बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै कोसीसलाई स्वीडेनका गोलकिपरले रोके । खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्ड पराजित हुन पुग्यो । 


स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसरहरु खेर फालेको थियो । स्वीट्जरल्यान्डले दोस्रो हाफमा एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन । 

अब स्विडेनले आजै राति हुने कोलम्बिया र इंग्ल्याण्डबीचहुने खेलको बिजेतासँग क्वाटरफाइनलको सामना गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!