पहिलो हाफमै ब्राजिलविरुद्ध बेल्जियमको दोब्बर अग्रता

Posted on: 07 Jul, 2018

असार २२, एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिलविरुद्ध बेल्जियमले पहिलो हाफमै दोब्बर अग्रता लिएको छ । 

बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए । 


त्यसपछि खेलको ३१ औं मिनेटमा गोल गर्दै बेल्जियमले २–० गोलको अग्रता लियो । बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । उनले निकै सुन्दर गोल गरेका थिए ।

अहिले खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफसम्ममा दुबै टिमले आक्रमक खेल खेलिरहेका छन् । ब्राजिलले बेल्जियमको पोष्टमा धेरै अवसर पाएपनि गोल भने गर्न सकेको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!