आज विश्वकपमा तेश्रो स्थानको लागि भीडन्त: बेल्जियमविरुद्ध इंग्ल्यान्डको खेल

Posted on: 14 Jul, 2018

असार ३०, काठमाडौँ | विश्वकपमा अब २ खेल बाँकी छन् । आज तेश्रो स्थानको लागि खेल हुँदैछन् भने भोली फाइनल खेल हुँदैछ । 

तेश्रो स्थानको लागि आज रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा बेल्जियम र इंग्ल्याण्डबीच खेल हुँदैछ । ६८ हजार १३४ सिट क्षेमता भएको उक्त मैदानमा आज नेपालको स्थानीय समय अनुसार बेलुका १९:४५ बजे खेल हुँदैछ । विश्वकप इतिहाँसमा बेल्जियम दोस्रोपटक तेस्रो स्थानको प्लेअफमा खेल्दैछ । यस अघि बेल्जियमले मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो ।


त्यस्तै बेल्जियमसँग भिड्न लागेको इंग्ल्यान्डको पनि यो दोस्रोपटकको तेश्रो स्थानको लागि भिडन्त हो । सन् १९९० मा आयोजक इटालीसँग इंग्ल्याण्ड २–१ ले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो । बेल्जियमले मंगलबार फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो भने इंग्ल्याण्ड क्रोयशियासँग पराजित हुन पुगेको थियो । 

विश्वकप २०१८ मा कुल १४ गोलसहित बेल्जियम सर्वाधिक गोल गर्ने टोली हो । त्यस्तै २०१८ कै अर्को रेकर्ड इंग्ल्यान्डका कप्तान ह्यारी केन धेरै गोल गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!