विश्वकप फाइनल खेल हुँदैगर्दा खेल मैदानमै दर्शकहरु छिरेपछि... (भिडियो सहित)

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौँ | रसियामा जारी विश्वकपको फाइनल खेल जारी रहँदा मैदान भित्रै दर्शक छिरेपछि केहिबेर खेल नै प्रभावित भयो तर जारी खेलमा उक्त गल्तिलाई टेलिभिजनमा त्यति देखाइएन | खेल जारी रहँदा मैदान भित्रै समर्थकहरु छिरेको र ति समर्थकहरुलाई रोक्न सुरक्षाकर्मीहरु मैदानको बिचमै आएको देख्न सकिन्छ, जसलाई तल भिडियोमा हेर्न सकिन्छ | 


खेल मैदान भीत्रै समर्थकहरु छिरेपछी आयोजक फिफाले त्यसलाई केन्द्रित गरेर प्रसारणमा भने त्यति देखाएन | जति दर्शकले देखे त्यो लाइभ भएकाले देखिएको थियो | समर्थक छिरेपछी केहि सेकेन्ड खेलनै प्रभावित भएपछि खेलमा अघिल्लो प्रदर्शनलाई रिप्ले गरेर देखाइएको थियो | त्यतिखेरसम्ममा मैदान छिरेका बाहिरी फ्यानहरु निकालियो र पुन: खेल जारी रह्यो | 

यसै खेलमा विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्सले क्रोयसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै विश्वकप २०१८ को उपाधि जितेको छ | 

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!