नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

Posted on: 29 Jul, 2018

साउन १३, काठमाडौँ (रासस) | बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । 

वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए । 

यसअघि ब्याटिङ गर्दै एमसीसीका लागि कप्तान माहेला जयवद्र्धनेले अविजित २४ रन बनाए । 

बलिङतर्फ नेपालका सोमपाल कामीले दुई तथा शक्ति गौचनले एक विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!