आज नेपाली क्रिकेटको महत्वपूर्ण दिन, २:४५ बजे पहिलो एकदिवसिय खेल खेल्दै

Posted on: 01 Aug, 2018

साउन १६, काठमाडौँ | आज नेपालले पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल खेल्दैछ । आज दिउँसो २:४५ बजे हुने खेलमा बलियो टिम नेदरल्याण्डसँग प्रतिश्पर्दा गर्नेछ । नेदरल्यान्ड्सको प्रतिश्पर्दामा नेपाल जीत निकालेर नेपाली क्रिकेटमा महत्वपूर्ण सुरुआत गर्ने लक्ष्यमा छ । 

आफ्नो पहिलो खेलमै उच्चस्तरको टोली पाएकोले आफ्नो राम्रो पर्दर्शन गर्न सके नेपाललाई ठूलो उपलब्धि हाँशिल हुनेछ । नेदरल्यान्ड्स नेपालले खेल्दै आएको चिरपरिचित प्रतिद्वन्द्वीमध्ये एक हो । पछिल्लोपटक नेपालले मार्चमा जिम्बावेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग खेलेको थियो । जसमा डच टोली ४५ रनले विजयी भएको थियो । त्यति बेला नेपाल शीर्ष ८ मा रहँदै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने देशको रुपमा पक्का भएको थियो ।

नेपालले हालसम्म नेदरल्यान्ड्सलाई दुई पटक मात्र पराजित गरको छ । नामिबियामा सन् २०१४ को विश्व क्रिकेट लिग डिभिजन २ र दुई वर्षअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपको अवे खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । 

आज नेपालले नेदरल्यान्डका कप्तान पिटर बोर्रनले संन्यास लिएपछिको फाइदा उठाउने दाउ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!