पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड अल आउट, पारसले ४ विकेट लिए

Posted on: 01 Aug, 2018

साउन १६, काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्याण्डमार्फत नेपालले १ सय ९० रनको लक्ष्य पाएको छ । खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउदा अल आउट भएको हो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान पारस खड्काले उत्कृष्ट खेल खेल्दै चार विकेट लिएका थिए । १० ओभर बलिङ गरेका खड्काले २६ रन मात्र दिएर चार विकेट लिएका हुन् ।


खेलमा नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए भने सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक/एक विकेट लिएका थिए ।

उता नेदरल्यान्डका लागि मिचेल रिप्पोनले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा उक्त स्कोर जोडेका हुन् । त्यस्तै स्टेफेन माइबर्गले २९ रन, बास डे लिडेले ३० रन, बेन कुपरले २० रन र स्कट एडवाड्सले १८ रन बनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!