एकदिवसीय क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १ रनले पराजित

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौं । एकदिवसीय क्रिकेटमा पहिलो खेलको बिजेता नेदरल्याण्डलाई नेपालले दोश्रो खेलमा १ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई २१७ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको उक्त लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएर पराजित हुन पुग्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक भन्दा बढी रन जोडे यस  छन् । नेपालका लागि नवौं विकेटको रुपमा सोमपाल कामीले सर्वाधिक ६१ रन बनाएका थिए । कामीले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै निकै कमजोर लयमा ब्याटिङ स्कोर बनाएको नेपाललाई चित्त बुझ्दो स्कोरमा पुर्याएका थिए । त्यस्तै नेपालका लागि कप्तान पारस खड्काले पनि अर्ध सतक पुरा गरे, खड्काले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रङ बनाएका थिए ।

त्यस्तै, नेपालका लागि सुवास खकुरेल र दिपेन्द्र सिङ ऐरीले समान १९/१९ रन बनाए भने आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्लले १३ रन, सन्दिप लामिछानेले ८ रन, रोहित पौडेलले ६ रन, अनिल साहले ४ रन, ललित भण्डारीले ४ रन र बसन्त रेग्मीले १ रन बनाएका थिए । 

खेलमा नेदरल्याण्डको लागि फ्रेड क्लासेनले ३ विकेट, मिचेल रिप्पोन र पिटर सिलारले समान २/२ विकेट र सेन स्नातेर र पउल वान मिकेरेनले १/१ विकेट लिएका थिए । 

आजको खेलमा नेदरल्याण्डलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट, ललित भण्डारीले २ विकेट, सोम्पाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिङ ऐरीले समान १/१ विकेट लिएका थिए । खेलमा अन्तिम ओभरको अन्तिम बल गर्ने क्रममा कप्तान पारस खड्का बलरको रुपमा थिए । १ बलमा जितको लागि नेदरल्याण्डलाई २ रन आवश्यक थियो तर पारसले उत्कृष्ट बलिङ गर्दै नेदरल्याण्डलाई रन जोड्न दिएनन् र नेपाललाई रोमान्चक जित दिलाउन सफल भए । 

पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको थियो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पर्ने हुन्छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्डले नेपाललाई बुधबार ५५ रनले पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!