नेपाल तान डोरी संघको दोश्रो अधिबेशनबाट अध्यक्षतामा पौडेल निर्विरोध

Posted on: 05 Aug, 2018

साउन २०, काठमाडौँ । नेपाल तान डोरी संघको दोश्रो अधिबेशनले भवानी प्रसाद पौडेलको अध्यक्षतामा १७  सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

संघको उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् । 

सन्तोषकुमार पौडेल, जेशिका चेमजोङ, रञ्जु सिग्देल, डिलाराम अर्याल, शैलज नेपाल, भोजराज दाहाल, खड्गबहादुर बोहरा, दीपकराज चालिसे, रोशन कुँवर र डा.नवराज पन्त सदस्यमा चयन भए ।


नेपाल तान डोरी संघको दोश्रो अधिबेशनको कार्यसमिति बैठकले केहिलाई कार्यसमिति सदस्यमा मनोनित समेत गरेको छ  । मनोनित केन्द्रीय उपाध्यक्षमा मदन खरेल र सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुखमा बरिष्ठ पत्रकार मुकुन्द ढुंगानालाइ चयन गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरेका थिए  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!