मकवानपुरबाट ३ खेलाडी साफ सुजुकी कप २०१८ का लागि छनोट

Posted on: 27 Aug, 2018

भदौ ११, मकवानपुर | साफ सुजुकी कप २०१८ का लागि मकवानपुरबाट ३ खेलाडी राष्ट्रिय फुटबल टोलीमा परेका छन् । मकवानपुरबाट गोल किपर एलन न्यौपाने, अन्जन बिष्ट र सुनिल बलले फरर्वाड खेल्ने छन् ।

राष्ट्रिय टोलीमा मकवानपुरका ३ खेलाडी सुजुकी कपका लागि २० खेलाडी छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेलाडीहरुको तालिकामा उल्लेख गरिएको छ । 

राष्ट्रिय टोलीको अन्य सदस्यहरुमा आदित्य चौधरी, अनन्त तामाङ, भरत खवास, विकेस कुथु, विमल घर्ति मगर, विराज महर्जन, विशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, हिम्मत थापा मगर, किरन कुमार लिम्बु, नवयुग श्रेष्ठ, निराजन खड्का, रोहित चन्द, सुजल श्रेष्ठ, सुमन अर्याल र परेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!