नेपाल र मलेशियाबीचको खेल शुरु

Posted on: 01 Sep, 2018

भदौ १६, काठमाडौँ | एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको छ । 

खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल भर्खरै शुरु भएको त्यहाँ रहनुभएका नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । वर्षाका कारण खेल शुरु हुन ढिला भएपछि खेल ३० ओभरमा झारिएको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ । 

एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । पराजय व्यहोरेको खण्डमा नेपालको एशिया कप सपना सकिनेछ । नेपाल अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ । मलेशियाविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले पराजय बेहोर्नुपरेको छैन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!