नेपालद्वारा बंगलादेश माथि शानदार जित, नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Posted on: 09 Sep, 2018

भदौ २४, ढाका । आयोजक राष्ट्र बंगलादेशमाथि शानदार जित हात पार्दै नेपाल साफ च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित २-१ गोल अन्तरले पारजित नेपालले त्यसपछि भुटानलाई ४ गोल गरेको थियो भने बंगलादेशलाई २ गोल गर्न सफल भयो ।

 

त्यस्तै साफ च्याम्पियनसीपमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा पाकिस्तान पनि पुग्न सफल भएको छ  । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राखेको थियो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति गोल दिलाएका थिए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।

त्यसपछिको खेल पनि नेपालको दवाबमा रह्यो ।

खेलको ५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरिएको थियो । त्यसपछि निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा नेपालले अर्को गोल गर्न सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।


जितसँगै समूह एमा रहेको नेपाल समूह बिजेता बन्न सफल भयो भने सोहि समूहको उपविजेता पाकिस्तान बन्यो । भुटानविरुद्ध नेपालले गरेको ४ गोलको कारण गोल अन्तरले पाकिस्तान उपविजेता बन्न पुग्यो । 

यससंगै घरेलु टोली बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!