बंगलादेशलाई पराजित गरेपछि नेपाल प्रशिक्षक र खेलाडीले के भने ?

Posted on: 09 Sep, 2018

भदौ २४, काठमाडौँ | साफ च्याम्पियनशिप अन्तर्गतको खेलमा नेपालले तीन खेलमा २ खेलमा शानदार प्रदर्शन गर्दै नेपाल समूह ए को विजेता बनेको छ भने साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुगेको छ । 

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले आयोजक बंगलादेशमाथि २-० को निकालेको हो । 


नेपाल सेमिफाइनलमा पुगेपछि सहायक प्रशिक्षक किरण श्रेष्ठले टिमको रणनीति सफल भएको बताएका छन् । उनले भने - ‘रणनीति अनुसार नै खेल्यौं । हाम्रो केटाहरूले उत्कृष्ट प्रदर्शन गरे, हाम्रो मुख्य ट्रनिङ प्वाइन्ट भनेको नै त्यो किपरको गल्तीको कारण भएको गोल हो । पाकिस्तानले जितेसँगै हामीलाई अलिकति दबाव चाँही थियो । तर, हामीले बंगलादेशलाई पराजित गर्न सक्यौं ।’

त्यस्तै खेलमा अन्तिम मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्ति गरेका नवयुग श्रेष्ठले सेमिफाइनलमा पुगेकोमा एकदमै खुशी लागेको बताए । उनले भनेका छन्, ‘हामी सबैले मेहेनत गर्‍यौं । मैले धेरै पछि गोल गरे । एकदमै खुशी छु ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!