साफ च्याम्पियनसिपको उपाधि मालदिभ्सलाई, भारत २-१ ले पराजित

Posted on: 15 Sep, 2018

भदौ ३०, काठमाडौं | साफ च्याम्पियनशीप खेल अन्तर्गत बंगलादेशमा भएको फाइनल खेलमा भारतलाई हराउँदै मालदिभ्सले उपाधि उचालेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा माल्दिभ्सद्वारा भारत २–१ गोलले पराजित भएको हो ।

समूहचरणमा भारतसंग खेल्दा हार बेहोरेको माल्दिभ्सले बदला लिंदै महत्वपूर्ण खेल मात्र जितेन, दोश्रो पटक साफ च्याम्पियन बन्न पुगेको छ । भारतलाई पराजित गर्ने क्रममा मालदिभ्सले पहिलो हाफमा र दोश्रो हाफमा गरि २ गोल गरेको थियो । पहिलो हाफको १९ औं मिनेटमा इब्राहिम मेहुधीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाए भने खेलको दोश्रो हाफको ६६ औं मिनेटमा काउण्टर अट्याक गर्दै माल्दिभ्सले अर्को गोल गर्दै बलियो बन्यो ।


भारतले खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा सुमित पासीले गोल गरेर खेलमा केहि आशा जगाए पनि ५ मिनेट थपिएको अतिरिक्त समयमा अर्को गोल गर्न नसक्दा २-१ गोलले भारत पराजित बन्न पुग्यो । 

भाग्यले सेमिफाइनल यात्रा तय गरेको माल्दिभ्सले सेमिफाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!