रियल मड्रिडका प्रशिक्षक लुपेटेगुई बर्खास्त

Posted on: 30 Oct, 2018

कात्तिक १३, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ । 

जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो । 

हुन त रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ । भने एक खेलमा बराबरी खेलेको छ । स्पेनिस ला लिगामा शनिबार बार्सिलोनासँग रियल मड्रिड ५–१ गोलको भारी अन्तरले पराजित भएको थियो । अहिले रियल लिगमा नवौं स्थानमा रहेको छ भने उसको १० खेलबाट १४ अंक मात्रै रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!