जिल्ला स्तरिय पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो दिन ४ टिम विजयी

Posted on: 02 Nov, 2018

कमल रावल | कात्तिक १६, अछाम | रिडिकोटमा जारी जिल्ला स्तरिय पुरुष त्रिकेट प्रतियोगिताको तेस्रो दिन ४ वटा खेल भएका छन । साफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटमा रहेको बडासैन खेलमैदानमा भएको पहीलो खेलमा बुढिगँगा युवा क्लब साफेबगरले रोयल क्लब साफेबगरलाई, दोस्रो खेलमा LYC साफेबगरले बाजुरा क्रिकेट क्लबलाई पराजित गरेको छ । 

तेस्रो खेलमा CYC पातलकोटले मनकामना युवा क्लब जमालगाउलाई पराजित गरेको छ भने चौथो तथा अन्तिम खेलमा सान्नीकोट युवा क्लब मार्कुले रोयल क्लब साफेबगरलाइ पराजित गरेको छ । प्रतियोगिताको चौथो दिन भोलि ५ खेल हुने भएका छन । 


बिहान साढे ७ बजे बयलपाटा युवा क्लब र जाल्पादेवि युवा साफेबगर नगरपालिका २, बिहान साढे ९ बजे दोस्रो खेलमा CYC पातलकोट र साफेबगर जगरपालिका ५ नवाठाना, बिहान साढे ११ बजे तेस्रो खेलमा मंगला बिकास क्लब वलिगाउ र सान्नीकोट युवा क्लब मार्कु, चौथो खेलमा मध्यान्ह साढे १ बजे आयोजक रिडिकोट क्रिकेट क्लब ए र न्याय हेल्थ नेपाल बयालापाटा अस्पताल र पाचौँ तथा अन्तिम खेल दिउसो सोढ ३ बजे बैद्यनाथ युवा क्लब कालिकामाटी र आयोजक रिडीकोट क्रिकेट क्लब बि बिच प्रतिस्पर्धा हुने आयोजक कमिटीका पुरन कुमार नगार्जीले जानकारी दिनु भयो । प्रतियोगितामा जिल्लाका १८ वटा टिमको सहभागिता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!